stcnepal long ad
global ime bank long

वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार पाँच अर्ब निक्षेप बढयो

पाँच अर्ब निक्षेप बढयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन पाँच अर्ब रूपैयाँले मात्रै बढेको छ ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप रु. ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म रु. ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा रु. पाँच अर्ब बढेर रु. ४३ खर्ब ७३ अर्ब पुगेको जनाएको छ ।

 

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी घटेको छ । तेस्रो साता रु. ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा रु. ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको जनाएको छ ।

गत साताको तुलनामा कर्जा लगानीमा रु. चार अर्बले कमी आएको छ । बैंकहरुले गत फागुन चौथो साता रु. ४३ खर्ब ८९ अर्ब निक्षेप संकलन र रु. ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । संघले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।

 

IME Lifesidebar
kumari