stcnepal long ad
ime life insurance
global ime bank long

प्रधानमन्त्रीसहित सत्तागठबन्धनका शीर्ष नेताले आज भरतपुरको आमसभामा सम्बोधन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्दैछ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन पुगेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रभण्डकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले स्वयम् प्रधानमन्त्री देउवा भरतपुर पुगेका छन्

भरतपुर महानगरमा सत्तागठबन्धनबाट मेयरमा नेकपा माओवादीकी नेता रेनु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी उम्मेदवार छन्। उनीहरूलाई मत माग्न आज केन्द्रीय बस टर्मिनलमा चुनावी सभा आयोजना गरिएको हो।

चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यसैबीच बागी उम्मेदवार जगन्नाथ पौडेललाई निस्क्रिय बनाउने र सिंगो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका हुन्। बिहीबार संयुक्त सभालाई सम्बोधन गरेर उनी मात्र फर्कनेछन्।

कांग्रेसका पुराना नेता पौडेलले उम्मेदवारी फिर्ता लिएका छैनन। जसकारण प्रचण्ड पुत्रीको चुनावी यात्रा जटिल बनेको छ। यसैले पौडेलको उम्मेदवारी नै फिर्ता गराउन देउवाले गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठलाई भरतपुर पठाएका थिए।

तर उम्मेदवारी फिर्ता नभएपछि दुवै मन्त्री फर्किएका थिए। त्यस्तै उम्मेदवारी निष्क्रिय बनाउन देउवाले नेता शंकर भण्डारीलाई पनि भरतपुर पठाएका थिए। तर पनि सार्थक परिणाम नआएपछि देउवा आफैंले भरतपुरमा आवासीय कार्यक्रम मिलाएका हुन्।

prabhu mahalaxmi
kumari