एनएमबि लघुवित्तको खुद नाफा १६.७५ प्रतिशतले घटे

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि लघुवित्तको खुद नाफा १६.७५ प्रतिशतले घटेर १० करोड ५३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा पनि १६.३६ तिशत ले घटेर १६ करोड ७५ लाख ३८ हजार रुपैयाँमा आएको छ ।
यता, खुद ब्याज आम्दानी ०.८३ प्रतिशत ले घटेर ३३ करोड ७० लाख ८५ हजार रुपैयाँमा आएको छ। चैत मसान्तसम्म आइपुग्दा एनएमबि लघुवित्तको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ६४ पैसा छ ।
२२ वैशाख २०७९, बिहीवार ०८:३२ बजे प्रकाशित