stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मिस नेवा: को उपाधि सलिना महर्जनलाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन्। नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आफ्ना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्।

उनी प्रतियोगितामा मूख्य निर्णायक एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के के गुण हुनु जरुरी छरु भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायक मण्डल तथा दर्शक र अभिभावकको मन जित्न सफल भएकी थिइन्।

उनले काठमाडौं महानगरपालिकाको मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सिमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन्।

उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराईदिएकी थिइन्। सलिनाले मूख्य उपाधि चुमे वापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि नियुक्त भएकी छन्।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा

काठमाडौंको ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन्। रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा सिर्जना महर्जन युएफओ मिस ट्यालेन्ट, लुमन्ती महर्जन बेस्ट नेपाल भाषा, आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर चिफ र अतृशा महर्जन सोसल वेलफेयर एम्बेस्डर चिफ फष्ट रनर्सअप, शिला प्रजापति बेस्ट ड्रेस, श्वेच्छा महर्जन मिस पब्लिक च्वाइस, स्नेहा श्रेष्ठ बेस्ट स्माइल र सिर्जुला महर्जन बेस्ट हेयर भएका छन्। त्यसै गरी किर्तीका दुवाल बेस्ट स्किन, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, नेहा माली मिस चार्मिङ तथा विशेषता मानन्धर मिस फ्रेण्डसिपको उपउपाधि विजेता भएका छन्।

पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठको प्रमूख आतिथ्यता तथा नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न प्रतियोगितामा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मूख्य निर्णायक तथा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, पासा पुचः गुठीको युकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य, माँ बंगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स क्लब अफ काठमाडौं एलका डिष्ट्रीक गर्भनर मनीश्री रत्न बज्राचार्य र व्युटिसियन मञ्जु कार्की पाण्डे निर्णायक रहेका थिए।

prabhu mahalaxmi
kumari