stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्री मनसुन सक्रिय भएसँग आज विहानैदेखि वर्षा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानैबाट वर्षा भइरहेको छ । नेपालमा प्री मनसुन सक्रिय भएसँग आज विहानैदेखि वर्षा भइरहेको मौसमविदहरुको भनाइ छ ।

मौसम खराबीका कारण काठमाडौंको मौसम खुल्नसकेको छैन । मौसम खराबीका साथै भारी वर्षा भइरहेकाले बिहान ७ बज्न लाग्दा पनि काठमाडौं अध्यारै छ ।

काठमाडौं उपत्यकासहित मुलुकको अन्य स्थानहरुमा पनि भारी वर्षा भइरहेको मौसमविदहरुले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले यसअघि नै जनाएको थियो ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ ।

उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

जसका कारण प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविदहरुको भनाइ छ ।

prabhu mahalaxmi
kumari