stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उम्मेदवारले सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचार–प्रसारमा सञ्चारमाध्यमको प्रयोग गर्दा देहायको आचरण पालना गर्नुपर्नेछ :

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

(क) राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको
अन्तरालमा चौबीस चार पटक प्रसारण गराउन सक्ने,

(ख) राजनीतिक दलले निजी क्षेत्रत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इञ्च ह ७ इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने ।

(ग) स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा एक पटकमा एक मिटेनभन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा दुई पटक प्रसारण गर्न सक्ने ।

(घ) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन
प्रचार–प्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा नहुने गरी कम्तीमा एक घन्टाको अन्तरामा चौबीस घन्टामा बढीमा तीन पटक प्रसारण गराउन सक्ने ।

(ङ) पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन
प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी चौबीस घन्टामा बबढीमा चार पटक प्रसारण गराउन सक्ने ।

(च) पहिलो हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य र स्थानीय तहका सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इञ्च ह७ इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।

(छ) राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी चौबसी घन्टामा बढीमा चार पटक प्रसारण गराउन सक्ने ।

(ज) राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ ह ७ इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।

(झ) राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी चौबीस घन्टामा बढीमा चार पटक प्रसारण गराउन सक्ने ।

(ञ) राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ ह ७ इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।

prabhu mahalaxmi
kumari