stcnepal long ad
ime life insurance
national life
global ime bank long

टक्सार पिखुवा खोलाको आइपीओ बाँडफाँड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। आज जेठ ६ गते आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो।

आइपीओमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाले ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। जसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। भने ५ जनाले भने थप एक कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो।

यसरी हेर्न सकिन्छ आइपीओ नतिजा https://iporesult.cdsc.com.np/,

https://www.prabhucapital.com/ipo-allotment,

https://meroshare.cdsc.com.np/#/login

IME Lifesidebar
kumari