stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारले वैदेशिक रोजगारीमा एजेण्टको व्यवस्था खारेज गरे पनि अझै ४० प्रतिशत पनि एजेण्टकै भरमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा एजेण्टको व्यवस्था खारेज गरेको चार वर्ष बितिसक्दा पनि अझै ठूलो संख्या एजेण्ट मार्फत नै वैदेशिक रोजगारीमा जाने गरेको एक अध्ययनले देखाएको छ ।

एक हजार पाँच सय ९३ जनालाई लिएर डा। जीवन बानियाँ नेतृत्वको समूहले गरेको अध्ययनले ४० प्रतिशत व्यक्तिहरु एजेण्टमा नै निर्भर रहेको देखाएको छ ।

जिफन्टले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघसँगको साझेदारी र रिक्रुटमेन्ट एडभाइजरसँगको सहकार्यमा गरेको यस अध्ययनले ३२ प्रतिशत व्यक्तिहरु भने प्रत्यक्ष रुपमा म्यानपावर कम्पनीहरुमा नै रोजगारीको प्रकृयाका लागि पुगेको देखाएको छ ।

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई ईजाजतपत्रवाला संस्था ९म्यानपावर कम्पनी० सम्म सम्पर्क गराईदिने माध्यमको रुपमा कार्यरत एजेण्टहरुको व्यवस्थालाई नेपाल सरकारले केही नेपाल ऐन संशोधन, २०७५ मार्फत खारेज गरेको हो ।

यस्तै, अध्ययनमा संलग्न १ हजार ५ सय ९३ जना मध्ये ९८ प्रतिशत भन्दा बढी व्यक्तिले आफूले भर्ना शुल्क तिरेको बताएका छन् । त्यसरी भर्ना शुल्क तिर्नेहरुले सरदरमा १ लाख रुपैंयाँ शुल्क तिर्नुपरेको देखिएको छ ।

अध्ययनमा संलग्न २ प्रतिशत भन्दा केही कम व्यक्तिले भने आफूले कुनै पनि शुल्क तथा खर्चहरु व्यहोर्नु नपरेको बताएका छन् । अध्ययनमा संलग्न मध्ये अधिकाँशले आफूले रोजगार करार सम्झौता प्राप्त गरेको र त्यसमध्ये ९५ प्रतिशत सहभागीहरुले आफूले त्यसमा लेखिएको भाषा बुझेको बताएका छन् ।

कतिपयले भनें आफूले त्यो पढ्न नसकेको तर मेनपावर कम्पनीका प्रतिनिधिले पढेर सुनाएको जानकारी दिएका छन् ।

एक तिहाई व्यक्तिले आफूलाई नेपालमा भनिए अनुसारको रोजगारी गन्तव्य देशमा नदिइएको र आधा उत्तरदाताले आफूलाई भनिए अनुसारको तलब नदिइएको बताएका छन् ।

यस्तै, उत्तरदाताहरु मध्ये ९६ प्रतिशतले रोजगारीको दौरानमा रहँदा आफ्नो व्यक्तिगत कागजात ९राहदानी लगायत० आफूले राख्न नपाएको बताएका छन् ।

यसैगरी ४ प्रतिशतले मात्र गन्तव्य देशमा रहँदा ट्रेड यूनियनमा आबद्ध हुने अधिकार रहेको जानकारी आफूले पाएको तथा ८३ प्रतिशतले आफूले चाहेको समयमा स्वदेश फर्किने अधिकार नभएको बताएका छन् ।

उत्तरदाताहरु मध्ये ७८ प्रतिशतले आफूले सेवा लिएको मेनपावर कम्पनीलाई एक देखि तीन स्टार मूल्याङ्कन गरेका छन् । ७० प्रतिशले पुनः आफू सो मेनपावर कम्पनीको सेवा लिन ईच्छुक नरहेको बताएका छन् भनें २६ प्रतिशतले मात्र आफू पुनः पहिलेकै रोजगारदाताकोमा रोजगारीका लागि जान ईच्छुक रहेको बताएका छन् ।

prabhu mahalaxmi
kumari