stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुक्तिनाथ विकास बैंकले १ अर्ब २ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले १ अर्ब २ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४९ प्रतिशतले बढी हो ।

गत वर्ष यसले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ५४ करोड ७२ लाख रुपैयाँ रहको छ । यसको खुद ब्याज आम्दानी २६.७९ प्रतिशतले बढेर २ अर्व ४० करोड २३ लाख रुपैयाँ पुगेको छ ।

खुद फि कमिसन भने १६।७५ प्रतिशतले घटेर ३८ करोड ८६ लाख रुपैया रहेको छ । नेट ट्रेडिङ आम्दानी ६.२७ प्रतिशत तथा अन्य सञ्चालन आम्दानी ८९.६२ प्रतिशतले घटेको छ । बैंकले १० करोड ७ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यसको जगेडा कोषमा १ अर्ब ५६ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ३४ लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, बैंकले चैत्र मसान्तसम्ममा निक्षेप ९९ अर्ब १ करोड रुपैयाँ संकलन गरी ८७ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रृय कर्जा अनुपात ०।२१ प्रतिशतबाट घटेर ०।१७ प्रतिशत आएको छ । नाफामा सामान्य सुधार भए पनि प्रतिसेयर आम्दानी भने घटेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६ पैसा रहेको छ । चैत मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा, मूल्य आम्दानी अनुपात १९.५४ गुणा, तरलता अनुपात २०.८७ प्रतिशत तथा प्रतिसेयर कुल सम्पति २०८१ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari