stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोनाको कारण गत माघमा छायाँकन रोकिएको चलचित्र चिट्ठीको छायांकन बल्ल सकियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोनाको कारण गत माघमा छायाँकन रोकिएको चलचित्र चिट्ठीको छायांकन बल्ल सकिएको छ । एरा प्रोडक्सनले यो चलचित्रको इन्ड क्लाप गर्दै छायाँकन सम्पन्न भएको घोषणा गरेको छ ।

अहिले डिजिटल युगमा चिठ्ठीको महत्व हराईरहेको बेला पहिलो चिठ्ठीको महत्व कस्तो थियो भन्ने कथा यो चलचित्रले बोकेको यसका निर्देशन माधवराज खरेलले बताएका छन् ।

यो चलचित्रमा संञ्जित भण्डारी, कमेडी च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेसहितको मुख्य भूमिका रहेको पनि निर्देशक खरेलले बताए ।

यो चलचित्रलाई जीवन पराजुलीले छायांकन गरेका हुन् । काठमाडौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानमा छायाँकन गरिएको यो चलचित्र चाँडै रिलिज गर्ने पनि खरेलले बताएका छन् ।

चलचित्रमा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाइको संगीत छ । फिल्मलाई कमला जोशीले निर्माण गरेकी हुन् ।

prabhu mahalaxmi
kumari