stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भोलिदेखि नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक घण्टा धर्ना दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भोलि विहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम बिहान ९ बजे शुरु भएर १० बजे सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिएका छन् ।

वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलले आज बुधबार पनि ११ बजेदेखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो । व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

आन्दोलनको कार्यक्रम अन्र्तगत ७७ जिल्ला संघहरुले आज पनि आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा बिहान ११ देखि १२ धर्ना दिएका छन् ।

महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि आइतबार लागू हुने गरी कन्स्ट्रक्सन होलिडे मानिने स्पष्ट पारेको छ । कन्स्ट्रक्सन होलिडे को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ ।

अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

prabhu mahalaxmi
kumari