stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेयर बजारमा आज मंगलबार १५ दशमलव २ अंकको गिरावट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंकको गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो । यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी आउनु लगानीकर्ता यो मूल्यभन्दा तल सेयर बेच्न तयार छैनन् भनेर बुझिन्छ।

आज दुई सय २८ वटा कम्पनीको २५ हजार सात सय ६६ वटा कारोबार हुँदा जम्मा एक अर्बबराबरको कारोबार भएको छ ।

मंगलबार दुई सय २८ कम्पनीमध्ये एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ५७ कम्पनीका सेयरधनीले कमाएका छन् । आज अत्याधिक कमाउनेमध्ये धेरैजसो लघुवित्त कम्पनीका छन् । जसमध्ये जाल्पा लघुवित्तले भने सर्किट लेबलमा कारोबार गर्न सफल भएर अन्तिम कारोबार नौ सय ४४ दशमलव चार रुपैयाँमा कारोबार गर्न सफल भएको छ।

यसैगरी, ५२ रुपैयाँ बढेर किसान लघुवित्त एक हजार तीन सय ४७ स्पैयाँमा, २६ दशमलब सात रुपैयाँ बढेर ११९२ रुपैयाँमा, र साधारण लघुवित्त ४६ रुपैयाँ बढेर १२ सय २८ मा अन्तिम कारोबार भएको छ । सबै उपसमूह आज रातो हुँदा म्यानुफेक्चर इन्डेक्स भने शून्य दशमलव २९ प्रतिशतले बढेको छ ।

अत्याधिक गुमाउनेमध्ये हिमालयन पावर २४ रुपैयाँ घटेर चार सय २० मा, मल्टीपर्पस फाइनन्स १८ रुपैयाँ घटेर तीन सय ४० मा, यूनाइटेड इद मार्दी ३६ अंक घटेर आठ सय ५९ मा, महुली लघुवित्त ५० रुपैयाँ घटेर १२ सया ९० मा र सामुदायिक लघुवित्त ४६ रुपैयाँ घटेर १३ सय १० मा अन्तिम कारोबार भएको छ।

सर्वाधिक कारोबर हुनेमध्ये सिद्धर्थ बैंकको चार करोड २१ लाखबराबरको, अपी पावर चार करोड ६ लाखबराबरको र नेस्डो लघुवित्त तीन करोड पाँच लाखबराबरको कारोबार भएको छ ।

prabhu mahalaxmi
kumari