stcnepal long ad
global ime bank long

आगामी जेठ ८ गतेदेखि कालंगा हाइड्रोले सर्वसाधारणमा आइपीओ बिक्री खुला गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कालंगा हाइड्रोले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणमा आइपीओ बिक्री खुला गर्ने भएको छ। पहिलो चरण अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओको निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari