stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘प्रधान सेनापति ट्रफि–२०७८ सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । गत चैत्र १६ गतेदेखी शुरु भएको ‘प्रधान सेनापति ट्रफि–२०७८’ खेलकुद प्रतियोगिताको आज बैशाख २ गते जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले समापन गर्नु भएको छ ।

उक्त प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु समावेश गरिएका थिए ।

समापनको क्रममा प्रधान सेनापति महारथी शर्माले कमाण्डतर्फ प्रथम हुन सफल श्री मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनी अड्‍डातर्फ प्रथम हुन सफल श्री नं.२८ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी हिम्मत बहादुर बिष्ट र गणतर्फ प्रथम हुन सफल श्री जगदल गणका गणपति सरोज कुमार कार्कीलाई नगद पुरस्कार तथा ट्रफि प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा प्रधानसेनापति महारथी शर्माले’COAS Open Marathon Run for Fun-2078′ प्रतियोगिताको ४२ कि.मि. विधाका विजेता जमदार कृष्ण बस्नेत र १० कि.मि.तर्फ प्रथम भएका सिपाही सुभाष कार्कीलाई ‘अतिरथी स्वर्गीय निर शम्सेर ज’ब’रा’ पुरस्कारू प्रदान गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाका खेलाडीहरु, बक्सिङ्ग तर्फ अमल्दार पुनम रावल, सुटिङ्ग तर्फ प्युठ कल्पना परियार र एथलेटिक्स तर्फ सिपाही सरस्वती चौधरीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार तथा सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो ।
सोही क्रममा, बलाधिकृत रथी बालकृष्ण कार्कीले महिलातर्फ भलिबल खेलाडी शान्ति कुमारी थारु र पुरुषतर्फ फुटबल खेलाडी बन्दोवस्ती कार्य सिपाही सुमन अर्याललाई ‘महारथी श्री गौरव शम्सेर ज.ब.रा. अजेयबल सम्पन्न ट्रफी’ हस्तान्तरण गर्नु भएको थियो ।

उक्त अवसरमा रक्षा सचिव  किरणराज शर्माले आज आयोजित गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री भैरवनाथ गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

त्यसै गरी उक्त खेलमा द्वितीय स्थान हासिल गर्न सफल श्री फष्ट राईफल गणका खेलाडीहरुलाई श्री युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री दामोदर रेग्मीले र तृतीय स्थान हासिल गर्न सफल श्री पुरानो गोरख गणका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले प्रमाणपत्र तथा पदक प्रदान गर्नु भएको थियो ।

साथै, यसअघि बास्केटबलमा प्रथम हुने श्री नं.१६ बाहिनी अड्‍डा, भलिबलमा प्रथम हुने श्री नं.१९ बाहिनी अड्‍डा, सुटीङ्गमा प्रथम हुने श्री नं.२८ बाहिनी अड्‍डा र एथलेटिक्सतर्फ प्रथम हुने श्री नं.१६ बाहिनी अड्‍डाहरुले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गरेका थिए ।

उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्दहरु, अन्य सुरक्षा अंगका प्रमुखहरु, सैनिक श्रीमती संघका कार्यकारिणी पदाधिकारीहरु, सैनिक सहचारीहरु, विभिन्न खेलकुद संघका प्रतिनिधिहरु लगायत नेपाली सेनाका बहालवाला तथा भू.पू. सकलदर्जाको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

prabhu mahalaxmi
kumari