citizens life insurance long ad
stcnepal long ad

चार किसान संगठनद्वारा भूमि बैंक परियोजनाको बिरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । किसानलाई जगाउने, उठाउने, उनीहरुको जीवनमा बिकसित ऊर्जा र समुन्नति पैदा गर्ने तथा राष्ट्रिय बजार अभिबृद्धका साथ किसानको जीवनमा खुशियाली ल्याउने र राष्ट्रिय औद्योगिकरणको सबल आधार तयार गर्ने बैज्ञानिक क्रान्तिकारी भूमिसुधारको महत्वपूर्ण राष्ट्रिय मुद्दालाई बिषयान्तर गर्न ल्याउन थालिएको भूमि बैंकको धारण किसान बिरोधी र अन्तत राष्ट्रिय हित बिपरित छ ।

यसले किसानलाई जमिनबाट बेदखल गर्ने र देशी बिदेशी जग्गा माफियाको हातमा जग्गा केन्द्रित हुन पुग्ने गम्भीर खतरा छ ।

अरु मुलुकमा असफल साबित भइसकेको यो किसान बिरोधी र राष्ट्रबिरोधी कदम चालेर सरकार स्वदेशी बिदेशी भू–माफियाहरुलाई खुशी तुल्याउन र नेपाली किसान माथिको शोषणको हिस्सेदार बन्न तर्फ उद्यत देखिन्छ ।

तसर्थ यो भूमि बैंक परियोजनाको हामी चार किसान संगठन बिरोध जनाउँदछौ र किसान र देश हितमा प्रयुक्त नहुने यस्तो साम्राज्यबाद परस्त बिकास अबधारणा फिर्ता गर्न हामी जोडदार माग गर्दछौं ।

हामी बैज्ञानिक क्रान्तिकारी भूमिसुधार गरेर उत्पादक वास्तविक किसानलाई जग्गाको मालिक बनाउन, प्रति इकाई जमिनबाट अधिकतम उत्पादन लिन र राष्ट्रिय उत्पादन बढाउन तथा देशलाई उन्नत र आत्मनिर्भर दिशातर्फ अगसर गराउन जमिन, जल, जंगल, जडीबुटीमाथि स्थानीय किसानलाई सामुहिक स्वामित्व प्रदान गरेर सामुहिक र सहकारी खेतीतर्फ कृषि प्रणालीलाई प्रयुक्त गरी कृषि र किसानको जीवनमा आमूल परिबर्तन ल्याउन राष्ट्रको समग्र बिकास गर्ने स्थिति सिर्जना गर्न जोड दिएको छ ।

कर्पोरेट पूँजीको शोषणको बृध्दि गर्ने यो छलकपट पूर्ण नीति जबर्जस्ती लागु गरिए हामी चार किसान संगठनहरू यसका बिरूध्द संघर्षमा उत्रिन बाध्य हुने कुरा पनि प्रष्ट पार्न चाहन्छौं । चार किसान संगठनको सो विज्ञप्ती उल्लेख गरिएको छ ।

IME Life
kumari