citizens life insurance long ad
stcnepal long ad

एनआरएनएको दशौं विश्व सम्मेलन सम्पन्न

मागेजति सबैले पाए पद !

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विदेशीएका नेपालीहरूको संगठन गैरआवासिय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलन हिजो चैत्र १३ गते काठमाडौंमा सम्पन्न भएको छ । पदका भोकाहरूले मागेजति सबै पद सिर्जना गरेर सहमतिको नाममा तीन अध्यक्ष सहित जम्बो कार्यसमिति टोलीको घोषणा गर्दै गैरआवासीय नेपाली संघ (एनआरएरए) को १० औं विश्व सम्मेलन तथा महाधिवेशन सम्पन्न भएको छ ।

यो सम्मेलनपछि सहभागी प्रतिनिधिहरूले पदका लागि संघको गठन गरिएको रहेछ भन्दै असन्तुष्टि पोखेका छन। अध्यक्ष मण्डलको तर्फबाट सम्मेलनमा निवर्तमान अध्यक्ष कुमार पन्तले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

पन्तले अध्यक्ष पदका आकांक्षी डा। बद्री केसी, रबिना थापा र कुल आचार्य तीन जनालाई अबको १८ महिनाका लागि अध्यक्ष घोषित गरेका थिए । पन्तले नै घोषित तीन अध्यक्षलाई सपथ खुवाएका थिए । जनता समाजवादी पार्टीको अध्यक्षात्मक मण्डल जस्तो गरि तीन अध्यक्ष बनाएर एनआरएनएमा नेतृत्वको गाइजात्रा देखिएको छ ।

तीन अध्यक्ष मध्ये पहिलो ६ महिना कुल आचार्य त्यस पछि ६ महिना रबिना थापा र अन्तमि ६ महिना डा. बद्री केसीले अध्यक्ष भएर एनआरएनएको १८ महिने कार्यकाल चलाउने छन् ।

प्रतिनिधि विवादका कारण गत २०२१ को अक्टुबरमा हुनु पर्ने निर्वाचन अवरुद्द हुँदै आएको थियो । अन्तमा उम्मेदवारहरु सबैलाई समेट्न विधान नै संसोधन गरिएको हो । विधानमा ३ जना अध्यक्ष, ११ जना उपाध्यक्ष , २ जना महासचिव, ६ जना उपमहासचिव, १० सचिव जना र ३ जना कोषाध्यक्ष लगायतको पद सिर्जना गरिएको छ। गत चैत्र १२ गते शनिवार पारित विधानलाई गत चैत्र १३ गते आइतवार परराष्ट्र मन्त्रालयले स्वीकृत दिएको थियो ।

पन्तद्वारा घोषित कार्यसमितिमा ११ जना उपाध्यक्ष छन् । जसमा महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी र दुर्गा आचार्य रहेका छन् । यस्तै अन्य उपाध्यक्षहरुमा निवर्तवान महासचिव डा। हेमराज शर्मा, गोविन्द श्रेष्ठ, जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आर।के। शर्मा छन् ।

महिला उपाध्यक्षमा याश्मिन वेगम र डा। विष्णुमाया परियार रहेका छन् । युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ रहेका छन् । महासचिवमा डा. केशव पौडेल र गौरीराज जोशी रहेका छन् । यी दुबै जना अमेरिकाबाट आएका हुन् । विधानमा उपमहासचिवको पद ६ बनाइएको छ ।

यस अगाडि रबिना थापाको टिमबाट महासचिवका उम्मेदवार रहेका विनय अधिकारी सहित गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ र रामशरण सिंखडा उपमहासचिव बनेका छन्

सचिव पद पनि दुई बाट बढाएर १० पुर्याइएको छ । कोषाध्यक्षको उमेदवारी घोषणा गरेका राजन त्रिपाठी सहित चिरञ्जिवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम र होम पाण्डे सचिव घोषित भएका छन् । महिला सचिवमा डा। अलिलि पोखरेल र टिका गुरुङ घोषित गरिएको छ ।

उपाध्यक्षमा उमेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुनिल शाह सहित लोक दाहाल र फणिन्द्रमणि पोखरेलले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । समग्रमा उमेदवारी घोषणा गरेका सबै जना कुनै न कुनै पदमा समेटिएका छन् । यद्यपी पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले समुहले यस अगाडि नै छुट्टै महाधिवेशन सम्पन्न गरि सकेको छ ।

 

IME Life
kumari