stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 ‘भवन कीर्ति रत्न‘ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरुपमा रु एक करोडको ‘भवन कीर्ति रत्न‘ पुरस्कार प्रदान गरिएको हो ।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले आज १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई दुई वर्षमा प्रदान गरिने छ ।

गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ ।

prabhu mahalaxmi
kumari