stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्न सिफारिस गरिएका सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कालो सूचीमा राख्न सिफारिस गरिएका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएका अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा।लि। कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौँ र शिवराम कन्स्ट्रक्सन प्रा।लि। दोलखालाई स्पष्टीकरण सोधिएको हो ।

अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा।लि।लाई सुर्खेतको चौकुने गाउँपालिकाले, अभिषेक निर्माण सेवालाई सडक डिभिजन दाङले, श्रेष्ठ निर्माण सेवालाई सडक पूर्वाधार विकास कार्यालय पाल्पाले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए ।

यसैगरी बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रा।लि।लाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । कार्यालयले कम्पनीहरूलाई आज सार्वजनिक सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण पेस गर्न भनेको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने छ भने कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाइँदैन ।

 

 

prabhu mahalaxmi
kumari