stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजदेखि जावलाखेलमा पुष्प मेला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प मेला आयोजना हुँदैछ । एसोसिएसनका महासचिव विश्वमणी पोखरेलका अनुसार ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने मेलाआगामी आइतवारसम्म चल्ने छ ।

मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल रहने छन् ।

आयोजकका अनुसार मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ–विजन, ग्रीन हाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहनेछ ।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने भएको छ ।

 

prabhu mahalaxmi
kumari