citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ इन्स्योरेन्सको चैत ३० गते साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चैत ३० गते सिद्धार्थ इन्स्योरेन्सले साधारण सभा डाकेको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डप, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साथै, निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्नेगाभिने वा प्राप्ती गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्सले चैत १७ गते एकदिन बुक क्लोज गर्ने छ । चैत १६ गतेसम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।

IME Life
kumari