stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक, ३६ कम्पनी समूह ‘ए’ मा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ ।सार्वजनिक सूची अनुसार ३६ कम्पनी समूह ए मा परेका छन् । धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीहरुको वर्गीकरण गरिएको हो । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा कम्पनीलाई वर्गीकरण गर्दछ । विनियमावलीअनुसार चुक्ता पुँजी कम्तीमा १ अर्ब भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ पाएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणभा भएको लगायतका मापदण्ड पूरा भएका कम्पनी ए समूहमा पर्दछन् ।

त्यस्तै समूह बी मा पर्नका लागि चुक्ता पुँजी कम्तीमा ५० करोड भएको, सूचीकरण भएको ३ वर्ष भएको, विगत तीन आर्थिक वर्षमा कम्तीमा दुई आर्थिक वर्ष नाफा गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । सूचीकृत भएको २ वर्ष नपुगेका कम्पनी जी समूहमा पर्दछन् भने ए, बी र जी समूहमा नअटाएका कम्पनी जेड समूहमा पर्दछन् ।

नेप्सेले वर्गीकरण गरेका समूहमा पर्नु नपर्ने कारणहरु कम्पनीहरुले ३५ दिनभित्र दावीसहितको आवेदन दिन सक्नेछन् । ए समूहमा २५ वटा वाणिज्य बैंकहरु परेका छन् । कुल २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य पूर्णतः सरकारी स्वामित्वको कम्पनी हो भने एनआईसी एसिया बैंक जेड समूहमा परेको छ ।

त्यस्तै विकास बैंकहरुबाट ४ कम्पनीहरु कामना, मुक्तिनाथ, सांग्रिला र साइन रेसुङ्गा विकास बैंक ए समूहमा परे । फाइनान्सबाट आईसीएफसी र मञ्जुश्री, माइक्रोफानान्सबाट आरएमडीसी, जलविद्युतबाट अपी, अरुणभ्याली र बुटवल पावर तथा उत्पादनबाट शिवम् सिमेन्ट ए समूहमा सूचीकृत भएका छन् । समूह बी मा ९ कम्पनी परेका छन् भने समूह जी मा ३६ कम्पनी परेका छन् । टेलिकम, माथिल्लो तामाकोसी, नागरिक लगानी कोष लगायत कम्पनी जेड समूहमा परेका छन् ।

IME Lifesidebar
kumari