stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ।शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अङ्कले घटेर दुई हजार ६१६.५८ मा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार ०.५६ प्रतिशतले घटेको हो।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ अङ्कले ओरालो लागेर ४९४.३८ पुगेको छ। आजको बजारमा नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ। कूल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ४६ लाख २६ हजार

१९१ मूल्यमा खरिद बिक्री
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ वटा उपसमूहका शेयर मूल्य घटेका छन् भने लगानी उपसमूह मात्रै बढेको छ। बैंकिङ ८.०३, व्यापार ४१.९४ होटल तथा पर्यटन ६३.८४, विकास बैंक ५३.५१, जलविद्युत् १३.०६, वित्त २५.७३, निर्जीवन बीमा ७४.२६, उत्पादन ६८ ५९, अन्य ३२.३, लघुवित्त ५.४१, जीवन बीमा १९७.०९, सामूहिक लगानी कोष ०.१३ अङ्कले ओरालो लागेका छन भने लगानी १.४४ अङ्कले बढेको छ।

आजको बजारमा कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ।.यो कम्पनीको रु १६ करोड २९ लाख ४९ हजार ६३० मूल्य बराबरको कारोबार भयो।

यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु १३ करोड, ४२ लाख ९१ हजार ६८१, दूरसञ्चार कम्पनी रु आठ करोड ८२ लाख ४८ हजार ४९३, अपि पावर कम्पनी आठ करोड ६७ लाख ४४ हजार ७७८ र नेपाल बैंक लिमिटेडको पाँच करोड ९७ लाख नौ हजार ६०१ बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

आजको कारोबारमा दुई कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।त्यसमा राष्ट्र उत्थान लघुवित्त संस्था र ईमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेका छन्।

यस्तै नेपाल इन्फ्राइष्ट्रक्चर बैंक लिमिटेडको ४.८९, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.४८ र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.९१ प्रतिशतले बढेको छ । उता मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ३.७६ प्रतिशतले घटेको छ।

त्यस्तै शिभश्री हाइड्रोपावर ३.३१, प्रभु लाइफ इन्स्योरेन्स ३.२९, एभरेष्ट इन्स्योरेन्स ३.२५ र बिशालबजार कम्पनी लिमिटेडका लगानीकर्ताले ३.२३ प्रतिशतले गुमाए।

 

IME Lifesidebar
kumari