stcnepal long ad
ime life insurance
national life
global ime bank long

एफसी चितवनले आइतवार चितवनमा रूकी हण्ट संचालन गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । फुटवल क्लब एफसी चितवनले आगामी आइतवार विहान साढे एघार बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट (ट्यालेन्ट क्याम्प; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्दै छ ।

आउँदो अप्रील ८ तारिकबाट शरू हुन लागिरहेको नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चितवन फुटवल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितमा फुटवल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनुहुनेछ ।

खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लीग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउनु हुनेछ ।

IME Lifesidebar
kumari