stcnepal long ad
ime life insurance
national life
global ime bank long

चैत ३० गते प्रभु इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चैत ३० गते  प्रभु इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सले साधारण सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे गर्ने एक सुचना जारी गर्दै जनाएको छ । इन्स्योरेन्सको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश सहित कुल ११ दशमलव ५८ लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १७ गते बन्द गर्ने जनाएको छ । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउने छन् ।

IME Lifesidebar
kumari