एनआरएनएको निर्वाचन रोक्न माग
अमेरिका । विभिन्न देशमा रहेका नेपालीहरुले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को विभाजन रोक्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
एनआरएनए र नेपाली जनसम्पर्क समितिको विभिन्न पदमा रहि जिम्मेवारी पुरा गरेका ८० जनाको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अहिले दुबै तर्फबाट अगाडि बढाइएको निर्वाचन प्रक्रिया स्थगन गराउन पनि माग गरेको बताएका हुन् ।
विभाजनबाट रोकी आम सहमतिमा केन्द्रिय महाधिवेशन, निर्वाचन र कार्यसमिति गठननै अहिलेको आवश्यकता भएको उनीहरुले बताएका छन् ।
प्रतिनिधि छनौटको विवाद बढ्दै जादा अहिले संस्थापन पक्ष र संस्थापन इतर पक्षले छुट्टा छुट्टै निर्वाचन प्रक्रिया अगाडि बढएका छन् । एनआरएनए अभियानलाई एकताबद्व गरौं ,विभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं १ भन्दै उनीहरुले तीन बुँदे साझा धारणा पनि सार्वजनिक गरेको बताएका छन् ।
साझा अपिलमा गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट हालसम्म भए गरेका राम्रा र नराम्रा गतिविधीको जिम्मेवारी नबौ केन्द्रिय महाधिवेशनबाट निर्बाचित तथा मनोनीत पदाधिकारी एवम संरक्षक,सल्लाहकार र सदस्यहरु रहेको सिङ्गो कार्यसमितिले लिनु पर्ने भनिएको छ ।
साझा अपिलको पूर्ण पाठ
सम्माननीय प्रधानमन्त्री एबम पार्टी सभापति ज्यु,
नेपाली कांग्रेस केन्द्रिय कार्यालय बिपि स्मृति भवन , सानेपा ललितपुर, काठमाडौ , नेपाल
बिषयस् जानकारी गराइएको बारे
महोदय,
उपरोक्त बिषयका सम्बन्धमा गैर आबासीय नेपाली संघको पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा प्रबासमा बस्ने नेपाली कांग्रेस पार्टीको आधिकारिक इकाई नेपाली जनसम्पर्क समितीमा एबम गैर आबासीय नेपाली संघमा नेतृत्वदायी भुमिका निर्बाह गरेका हामी साथीहरूको तर्फबाट सन २००३ मा स्थापित एक गैर राजनैतिक, सामाजिक सस्थाको १०औं केन्द्रिय महाधिवेशन र निर्वाचनका सन्दर्भले सिङ्गो नेपाली डायस्पोराका सबै बिचार, बर्ग समुदाय र जातीको प्रतिनिधित्व गर्ने एक लाख १५ हजार भन्दा बढी सदस्य रहेको बैधानिक सस्था बिभाजनको सामु उभिएको हुँदा यस्तो परिस्थितिमा यस्लाई बिभाजन बाट रोकी आम सहमति मा केन्द्रिय महाधिवेशन, निर्वाचन र कार्यसमिति गठननै अहिलेको आवश्यकता महसुस गर्दै निम्न बुदामा देहाएका ब्याक्तिहरुले सामुहिक धारणा सार्बजनिक गरेको सम्माननिय प्रधानमन्त्री ज्युलाई सादर जानकारी गराउदछौ।
एनआरएनए अभियानलाई एकताबद्व गरौं ,
बिभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं !
गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशन र बिश्व सम्मेलन महाधिवेशनका लागी छनौट गरेका प्रतिनिधीहरुको बिषयमा विवाद उत्पन्न भै पछिल्लो समय प्रवासमा बस्ने लाखौ नेपालीहरुको आस्थाको केन्द्रमा राखिएको गरिमानै समाप्त सङै संस्था बिभाजित हुने जस्ता गतिविधि भईरहेकाले संस्थाको स्वार्थलाई सर्वोपरी ठानी संस्था बचाउनु पर्छ भन्ने अभियान र अभिप्रयले बिश्वभरी रहेका हामी देहाए बमोजिमका साथीहरूले हाम्रो सामुहिक धारणा सार्बजनिक गरेका छौ।
१, गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट हालसम्म भए गरेका राम्राराम्रा र नराम्रा गतिविधीको जिम्मेवारी नवौ केन्द्रिय महाधिवेशनबाट निर्बाचित तथा मनोनीत पदाधिकारी एबम संरक्षक,सल्लाहकार र सदस्यहरु रहेको सिङ्गो कार्यसमितिले लिनु पर्छ ।
१०औ अधिवेशन र विश्व सम्मेलन समयमा सम्पन्न गर्न गराउन बातावरण तय गर्न नसकेको प्रति आम गैर आबासीय नेपालीको बिचमा आत्माअलोचित हुदै सबै पक्षलाई एकताको बाताबरण तयार गर्न नेतृत्व कृयासिल हुनु पर्दछ।
२, संस्थाको महाधिवेशन प्रतिनिधि चयनमा भएको बिबादलाई समझदारीमा निराकरण गरि मात्र गरिनु पर्ने र हाल दुबै तर्फ बाट भएका महाधिवेशन र निर्बाचनका गतिविधिलाई तत्काल पुर्ण बिराम लगाई बार्ता मार्फत सबै पक्षको सहमतिमा एकताको महाधिवेशनको बाताबरण निर्माण गरि महाधिवेशन आयोजना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं।
३, संस्थालाई बिभाजन गर्ने खालका सबै किसिमका गतिविधिहरुलाई निस्तेज पार्दै एकताको केन्द्रिय महाधिवेशनको बाताबरण तयार गर्न तर्फ लाग्नु पर्दछ जस्को लागी सबै पक्ष सम्यमित हुँदै आम सहमतिमा नयाँ कार्यसमिति निर्माण गरि संस्थालाई बिभाजन हुनबाट रोक्न सबैलाई हार्दिक अनुरोध गर्दछौं ।
जय नेपाल जय एनआरएन
एनआरएन एकता पक्षधर साथीहरू :
























