stcnepal long ad
ime life insurance
national life
global ime bank long

जीवन विकास लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा डाके 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन विकास लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजेदखि सुरु हुनेछ । सभाले ७३.६८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव राखेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

साथै, अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभा गर्न यसले चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्नेछ । चैत ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउनेछन् ।

IME Lifesidebar
kumari