stcnepal long ad
ime life insurance
national life
global ime bank long

निजी विद्यालयले छुट दिन नसक्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ । सरकारले कोरोना संक्रमणको प्रकोपका कारण चैत्र महिनाको शुल्क नलिन नीजि विद्यालयहरुलाई आग्रह गर्यो । तर निजी विद्यालय संचालकहरुको संगठनका पदाधिकारीहरुले एभिन्यूज टेलिभिजन मार्फत सरकारको सो निर्णय कार्यान्वय गर्न समस्या हुने र आफुना सदस्यहरुसंग छलफल गरिरहेको भन्ने भनाई सुनिएको छ ।

कोरोनाको संक्रमणले मुलुकलाई कहाँ पुर्याउने हो अझै अन्यौल छ । भोली तपाईहरुको विद्यालयमा आफ्ना बालबच्चा बढाउन सक्ने अवस्थामा कति अभिभावक हुन्छ । त्यो कोरोनाको संक्रमणले मुलुकलाई कहाँ पुर्याउछ भन्नेले निर्धारण गर्छ ।

धेरै विद्यालयले चैत्र महिनाको शुल्क लिइसक्नु भएको छ । तर तपाईहरुले चैत्र महिनामा कक्षा संचालन त गर्नु भएन् । सिंगो मानव समाज माथि कोरोना भाइरसले धावा बोलिरहेको बेलामा भोलीको मानव समाज कस्तो हुन्छ भन्ने निक्र्यौल नभएको अवस्थामा मानवियता नै विर्सेर तपाईहरुको टिप्पणीलाई आम नागरिकले कसरी बुझ्ने छन् ।

ती नागरिक तपाईहरुका विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक हुन् । मानवियता नै विर्सेर सेवाको व्यावसाय गर्ने निजी विद्यालय संचालकहरुको टिप्पणीलाई चरम नाफाखोर व्यापारिक मानसिकता भन्दा अरु के भन्न सकिएला । सरकारले तपाईहरुको जस्तो घरभाडा छुटका लागि आग्रह गरेको छ ।

इन्टरनेटमा छुट दिनका लागि आग्रह गरेको र टेलिकम सेवा प्रदायक कम्पनीलाई पनि छुट दिन आग्रह गरेको छ । तर सवैले पछाडि नै टिप्पणी गरौला भनेर बसेका होलान तर शिक्षा जस्तो सम्मानित व्यवसाय गर्ने तपाईहरुको चरम नाफाखोर व्यापारिक मानसिकता अहिले नै छरपस्ट नपारेको भए हुन्थ्यो ।

IME Lifesidebar
kumari