citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराए

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फेरान टोरेसले दुई गोल गर्दा पिएरे एमरिक औबामायङ्ग र पुइग मार्टीले १–१ गोल गरेका थिए ।

ला–लिगाकै अन्य खेलहरुमा सेभियाले रायो भायकानोसँग १–१ गोलको बराबरी खेल्दा रियाल बेटिसले एथ्लेटिक बिल्बाओलाई तथा रियाल सोसिडाडले आलाभेजलाई १–० ले हराएका छन् ।
गएरातिका खेलहरुपछि ला–लिगाको अंक तालिकामा २७ खेलबाट ६३ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा यथावत छ ।

एक खेल बढी खेलेको सेभिया ५६ अंकसहित दोस्रो स्थानमा रहँदा २७ खेलबाट ५१ अंक जोडदै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

IME Life
ofukuro
kumari