citizens life insurance long ad

चैतका लागि बैंकहरुले बढाएनन् ब्याजदर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चैतका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै फागुन महिनाको ब्याजदरलाई नै चैतमा पनि निरन्तरता दिइएको हो ।

चैत महिनामा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा १०।०३प्रतिशत ब्याजदर दिनेछन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले चैतका लागि आज ब्याजदर प्रकाशन गरेका छन् ।

IME Lifesidebar
kumari