citizens life insurance long ad

आज हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न आज फागुन ३० गते सोमबार साधारण सभा बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि हिमालयन जनरलले फागुन १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । फागुन १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरी सभामा भाग लिन पाउनेछन् ।

IME Lifesidebar
kumari