stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सनराइज बैंकद्धारा पाटन अस्पताललाई पीपीई उपकरण हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौं । सनराइज बैंकल पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई  हस्तान्तरण गरेको  छ ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालका डा. विष्णु प्र. शर्मालाई २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय रहेको उनको भनाइ थियो  ।

यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले  हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने भनेर प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।

prabhu mahalaxmi
kumari