सेयर बजार १४.८ प्रतिशतले गिरावट
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन गत माघ २० गते बिहीवार सामान्य अंकले गिरावट आएको थियो । गत बुधवार सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा झरेको थियो ।
त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको थियो । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको थियो ।
माघ २० गते कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
गत मंगलवारको तुलनामा हिजो बिहीवार भने नेप्से कारोबार रकममा वृद्धि भएको थियो । गतदमंगलवार साँढे ६ अर्ब रुपैयाँ हाराहारीमा सेयर कारोबार भएका थियो ।
कारोबारमा आएका १३ उपसमूह मध्ये ११ उपसमूहका सूचकमा गिरावट आएको छ भने बाँकी २ वटा उपसमूह परिसूचक बढेको थियो । जसमा हाइड्रोपावर र निर्जीवन बीमा उपसमूहको सूचक रहेका छन् । बिहीवार नेप्से परिसूचक गिरावट आएपनि विन लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको थियो ।
अन्य बुद्धभूमि हाइड्रोपावर, शाहस उर्जा , अरुण भ्याली हाइड्रोपावर र मैलुङ खोला जलविद्युत सेयर मूल्य बढेको थियो । तर यता आरएमडिसि लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको थियो ।
त्यस्तै पोखरा फाइनान्स , गोर्खाज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य घटेको थियो ।
हिजो कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
अपि पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।























