सबै भन्दा बढी एनआईसी एशिया बैंकको मुनाफा
काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरू माझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकको दावी रहेको छ ।
एनआईसी एशिया बैंकले जारी गरेको विज्ञप्ति अनुसार, यस बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसाय तर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुरयाउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू।.२९९.३४ अर्ब पुरयाउन बैंक सफल भएको छ ।
बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएकोे बताएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल ९च्यभ्० २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू। ४१।४३ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंक मार्फत सेवा दिन बैंक सफल भएको जनाएको छ ।


























