citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आईएमई बैंकको मुनाफा २ अर्ब ६६ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ।

आज सार्वजनिक अपरिकृष्त वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १५.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १३.५७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि समीक्षा अवधिसम्म ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकले २ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। वर्ष यही अवधिसम्म बैंकले २ खर्ब अर्ब करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब अर्ब करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको बैंकको रिजर्भको आकार १३.८० प्रतिशतले बढेर ३४ अर्ब ४९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंकको रिजर्भमा ३२ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले निष्क्रिय कर्जा दर (एनपीएल) घटाएर १.१३ प्रतिशतमा सीमित गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १.७२ प्रतिशत रहेको थियो।

सीडी रेसियो ९०.७३ प्रतिशत रहेको बैंकको आधार ७.९९ प्रतिशत रहेको छ।.यो अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २२.३९ रुपैयाँ पुगेको छ।

गत वर्ष यही अवधिसम्म बैंकको ईपीएस २१.४० रुपैयाँ रहेको थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.५६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ।

IME Life
kumari