citizens life insurance long ad
stcnepal long ad

माघमा बढेन बैंकहरुको निक्षेपको ब्याजदर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छैनन्। अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आज माघ महिनाका लागि निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्।

जस अनुसार बैंक तथा वित्तीय संस्थाहरुले माघमा पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन्। वाणिज्य बैंकहरुले मुद्दति निक्षेपतर्फ ३ महिनाभन्दा बढी समायावधिका लागि व्यक्तिगतमा अधिकतम १०.०५ प्रतिशत र संस्थागतमा ९.०५ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन्।

यसैगरी विकास बैंकहरुले पनि मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा अधिकतम १०.३५ प्रतिशत र संस्थागतमा ९.३५ प्रतिशत ब्याजदर नै कायम गरेका छन्।

फाइनान्सहरुले मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा अधिकतम १०.६५ प्रतिशत र संस्थागतमा ९.६५ प्रतिशत ब्याजदर नै निर्धारण गरेका छन्।

ब्याजदर बढाएर पनि निक्षेप नबढ्ने र लागत बढ्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरुले माघमा पनि ब्याजदर नबढाएका हुन्। यसअघि पुसमा पनि बैंक तथा वित्तीय संस्थाहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका थिए।

गत असोज र कात्तिकमा भने बैंक तथा वित्तीय संस्थाहरुले १० प्रतिशतका दरले ब्याजदर बढाएका थिए।

IME Life
kumari