प्रभु इन्स्योरेन्सको ११ दशमलव ५८ लाभांश प्रस्ताव
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश सहित कुल ११ दशमलव ५८ लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।






















