stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुस ३० गते सिभिल बैंकको शुक्रबार वार्षिक साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । सिभिल बैंकको वार्षिक साधारण सभा शुक्रबार पुस ३० गते बस्ने भएकोछ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

भर्चुवल माध्यमबाट सभामा सहभागी हुन सकिने छ । गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गरिदैंछ ।

कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा अघि सारिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गरिसकेको छ। पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

prabhu mahalaxmi
kumari