आज मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा
काठमाडौं । आज पुस २८ गते मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा बस्दैछ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।
























