stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेयरधनीलाई १०० प्रतिशत लाभांश सहित आज हिमालयन डिस्टिलरीको वार्षिक साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस २८ गते हिमालयन डिस्टिलरीको वार्षिक साधारण सभा बस्दैछ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०:०० बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

त्यस्तै, सञ्चालक समितिमा रहेने ५ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीको नियमावली संशोधन एजेन्डा पनि छ ।

सभाका लागि हिमालयनले पुस १६ गते बुक क्लोज गरिसकेको छ । पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

prabhu mahalaxmi
kumari