आज महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा बस्दै
काठमाडौं । आज पुस २५ गते महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा बस्दैछ । सभा आर्मि अफिसर्स, भद्रकाली काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ ।
सभामा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ।
बैंकको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।
सभा प्रयोजनको लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुने छन् ।

























