citizens life insurance long ad
stcnepal long ad

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा १ अर्ब ७५ करोड लगानी गर्ने

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

जस अन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २६ करोड २५ लाख रुपैयाँ र फाइनान्समा ८ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्ने जनाएको छ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

यसका लागि पुस २० गते दिउँसो ४ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आउँदो माघ ३ गतेदेखि २०७९ माघ ३ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले लगानी योग्य रकम १ अर्ब ७५ करोड रुपैयाँ रहेको र उक्त रकममध्ये १ अर्ब ४० करोड रुपैयाँ हाल लगानीमा रहेको रकम र ३५ करोड रुपैयाँ नयाँ लगानी रहेको जनाएको छ।

IME Life
kumari