सुनचाँदीको मुल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा पुस १९ गते सोमबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ।
योसँगै प्रतितोला छापावाल सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। सो दिन प्रतितोला छापावाल सुन ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७० रुपैयाँमा किनबेच भएको थियो।






















