stcnepal long ad
global ime bank long

माओवादी केन्द्रका अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले सबै सकारात्मक सुझावलाई समेटने गरि पारित गरेको छ ।

तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् । त्यसलाई सम्मान गर्दै फरक प्रस्तावका रूपमा छलफलमा लाने बताएका थिए।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

तत् पश्चात आज पुस १६ गते शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । भोली ११ बजेपछि विधानमा उठेका प्रश्नको जवाफ दिई विधान पारित गर्ने कार्यक्रम रहेको छ। जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नेछ ।

प्रदेश समितिबाट केन्द्रीय सदस्यको नाम ल्याउन लगाउने र क्लष्टर मिलाएर अध्यक्ष मण्डलले नाम घोषणा गरि पारित गर्ने सम्भावना रहेको छ। भोलि नै अन्य विभिन्न प्रतिवेदन र समसामयिक प्रस्तावहरू पनि पारित गरि महाधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ।

IME Lifesidebar
kumari