stcnepal long ad
global ime bank long

स्ट्यान्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिले सन् २०२२ जनवरी १ देखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको जनाएको छ।

राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र नियामक फोरममा स्ट्यान्डर्ड चार्टर्डको प्रतिनिधित्व गर्दै आएका छन्।

राणा सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्डको रिटेल र प्राइभेट बैंकिङमा आबद्ध भए। सन् १९९६ मा उनी बैंकको कर्पोरेट र संस्थागत बैंकिङमा रहेर काम गरेका थिए। राणाले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेजलगायत विभिन्न पदमा काम गरेका छन्। यसअघि राणा बैंकको ग्लोबल बैंकिङको प्रमुखका रुपमा कार्यरत थिए।

IME Lifesidebar
kumari