stcnepal long ad
global ime bank long

पर्यटन क्षेत्र चलायमन गराउन लागेको पर्यटन मन्त्री आलेको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कोभिडको कारणले समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेको उल्लेख गर्दै प्रतिकूल परस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवको उदघाटन गर्दै मन्त्री आलेले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्दित रहेको धारणा राखे।

पर्यटन बोर्डलाई संघीय संरचनाअनुरुप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइरहेको उल्लेख गर्दै उनले उत्साहका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानले कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिएका छन्।

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि व्यवसायीहरुलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै उनले त्यसका लागि मन्त्रालयले समेत पहल गरिरहेको बताएका छन्।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताउदै त्यसका लागि पहल गर्न मन्त्रालयलाई आग्रह गरेका छन।

IME Lifesidebar
kumari