सिद्धार्थ बैंक पनि एनसीएचएल सदस्य
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका औपचारिक रुपमा सम्झौता भएको छ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
यस सम्झौता अनुरुप सिद्धार्थ बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टर नेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ।
उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रुपमा रही विभिन्न रियल टाइम, ननरियल टाइम तथा ओपन एपीआईका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्ने जनाएका छन्।
सिद्धार्थ बैंकले सदैव आफ्ना ग्राहकका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाटफर्महरु प्रदान गर्दै आएको छ र नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीले बैंकका ग्राहकलाई थप सेवासुविधा प्रदान गर्ने विश्वास गरिएको छ।
हाल नेसनल पेमेन्ट स्विचमा ३६ वटा बैंक तथा वित्तीय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३९ वटा संस्था आबद्ध भइसकेका छन्।


























