citizens life insurance long ad
stcnepal long ad

माओवादी केन्द्रको महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनस्थलबाट हिजो ल्यापटप र प्रिन्टर चोरी भएपछि आज पुस १६ गते प्रवेशमा कडाइ गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकार बाहेकका पत्रकारलाई समेत प्रवेशमा कडाइ गरिएको छ ।

प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र पत्रकारहरूलाई मिडिया सेन्टरमा प्रवेश दिने आचार्यले बताएका छन ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र ल्यापटप र प्रिन्टर हराएपछि आज शुक्रबारबाट मात्र सिसिटिभि खोलिएको बताइएको छ।

IME Life
kumari