stcnepal long ad
global ime bank long

निक्षेप ५ अर्बले र कर्जा भने २ अर्बले बढयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस १३ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेको हो।

योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। गत पुस १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ५ अर्ब रुपैयाँ रहेको थियो।

यो दिन वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेको छ। गत पुस १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा बढेर ४२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो।

यसैगरी गत पुस १३ गते बैंक तथा वित्तीय संस्थाहरुले थप २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १२ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब १० अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुले भने गत पुस १३ गते थप १ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । गत पुस १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा बढेर ४० खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको औसत डीसी रेसियोमा सुधार देखिएको छ। गत पुस १२ गते औसत सीडी रेसियो ९१.१९ प्रतिशत रहेकोमा पुस १३ गतेसम्म घटेर ९१.०२ प्रतिशतमा सीमित बनेको छ। अन्तरबैंक ब्याजदर भने ४.९८ प्रतिशत रहेको छ।

IME Lifesidebar
kumari