stcnepal long ad
global ime bank long

नबिल,कृषि विकास, फरवार्ड ,गुडविल र हिमालयन डिष्टिलरीको मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको बोनस सेयरका लागि दुई वाणिज्य बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नबिल बैंक लि., कृषि विकास बैंक लि., फरवार्ड लघुवित्त संस्था, गुडविल फाइनान्स लि. र हिमालयन डिस्टिलरी लि.को सेयरमूल्य समायोजन गरेको छ।

मूल्य समायोजन अनुसार प्रतिकित्ता नबिल बैंकको १०८५.३३ रुपैयाँ, कृषि विकास बैंकको ४१० रुपैयाँ, फरवार्ड लघुवित्तको १९६२.९६ रुपैयाँ, गुडविल फाइनान्सको ५३३.४६ रुपैयाँ र हिमालयन डिस्टिलरीको ३९२५.७१ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्य अनुसार प्रतिकित्ता नबिलको १४५० रुपैयाँ, कृषि विकास बैंकको ४९२ रुपैयाँ, फरवार्ड लघुवित्तको २६५० रुपैयाँ, गुडविल फाइनान्सको ५८२ रुपैयाँ र हिमालयन डिस्टिलरीका ६८७० रुपैयाँ कायम रहेको थियो। अब समायोजित मूल्य अनुसार यी कम्पनीका सेयर कारोबारमा आउनेछ।

कम्पनीले लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि आज पुस १६ गते बुक क्लोज गरेका छन्। यसको अर्थ पुस १४ गते (पुस १५ गते सार्वजनिक बिदा) सम्म कायम सेयरधनीहरु मात्रै यी कम्पनीहरुको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३३.६ प्रतिशत बोनस र ४.३७ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश बैंक यही पुस ३० हुने ३७ औँ वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ।

कृषि विकास बैंकले कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश बैंकको यही पुस १३ गते हुने १५ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी फरवार्ड लघुवित्तले कुल ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद (करसहित) छन्। प्रस्तावित लाभांश यो लघुवित्तको यही पुस ३० गते हुने नवौँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने छन्।

गुडविल फाइनान्सले ९.१ प्रतिशत बोनस सेयर ३.९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश कम्पनीको यही पुस २९ गते हुने २७ औँ वार्षिक साधारण सभाले पारित गर्नेछ।

त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद (करसहित) गरी कुल १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको यो लाभांश यही यही पुस २८ गते हुने २१ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने छन्।

IME Lifesidebar
kumari