citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई बैंकका ग्राहकलाई १५ ओैं वार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यासब्याक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ मार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ।

बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकलाई यही पुस १५ गतेबाट माघ १५ सम्म ९१ महिना०का लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउनेछ।

यसका साथै वार्षिकोत्सवकै अवसर ग्राहकलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा रु। ३०० सम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ।

पुस १७ गतेदेखि लागू हुने क्यासब्याक योजना सीमित अवधिका लागि रहने सो बैंकले आज जनाएको छ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ।

IME Life
kumari